News मेरिङदेनले फुङलिङसँग सेसेलुङ महिला गोल्डकपको फाइनलमा भिड्ने
रमेश समदर्शी

ताप्लेजुङ । यहाँ जारी कन्चनजंघा सेसेलुङ महिला गोल्डकपमा मेरिङदेन गाउँपालिकाले पाथीभरा याङवरक गाउँपालिकामाथि गोलवर्षा गर्दै फुङलिङ नगरपालिकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

स्थानीय भानुजन माविको खेलमैदानमा आज भएको अन्तिममा पाथीभरा याङवरक गाउँपालिकामाथि ५-० गोलको सानदार जित दर्ता गर्दै फुङलिङ नगरपालिकासँग फाइनल भेट पक्का गरेको हो ।

मेरिङदेनको जितका लागि कप्तान अनुष्का शेर्पाको व्यक्तिगत ३ गोलको योगदान रह्यो भने सुष्मा लिम्बू र मनिता तामाङको नाममा एक गोल रह्यो । गोल्डकपमा अनुष्काको ह्याट्रिक पहिलो हो । अनुष्काले खेलको २६औँ मिनेटमा पहिलो गोल गरेकी थिइन् भने सुष्मा लिम्बूले २७ मिनेटमै अग्रता दोब्बर बनाएकी हुन् ।

त्यसपछि अनुष्काले ६५औँ र ८१औँ मिनेटमा गोल गरेर फराकिलो नतिजा निकालेकी हुन् । मनिताले ५६ मिनेटमा गाेल गरेकी हुन् । फाइनल खेल अघि नै अनुष्काले सर्वाधिक गोलकर्ताको सूचीमा आफूलाई समावेश गराएकी छिन् । खेलको प्लेयर अफ दी म्याच मनिता तामाङ बनिन् । उनले नगद ५ हजार पाउन सफल बनिन् ।

चासोक तङनाम सञ्चालन समितिले आयोजना गरेको गोल्डकपमा जिल्लाका आठ वटा पालिकाको सहभागिता रहेको थियो । मंसिर २० गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २ हजार ८२ सहित आकर्षक ट्रफी पाउने छ ।

Post Comments