News बाग्लुङ नगरपालिकालाई तेस्रो बाग्लुङ मेयर कपको उपाधि
गोलनेपाल

बाग्लुङ । बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा न. एक बाङ्गेचौरको खेलमैदानमा बाग्लुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न तेस्रो बाग्लुङ मेयर कप पालिका स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक बाग्लुङ नगरपालिकाले हात पारेको छ।

बिहिबार सम्पन्न फाइनल खेलमा पाहुना टोली पैयुँ गाउँपालिका पर्वतलाई ४ शून्य गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि रक्षा गरेको हो। आयोजकलाई जित दिलाउनका लागि मनिष ठकुरीले ह्याट्रिक पुरा गरेका थिए भने राजीव श्रेस्सले एक गोलको योगदान दिएका थिए। यो सँगै आयोजक बाग्लुङ नगरपालिकाले लगातार दोस्रोपटक उपाधि रक्षा गर्न सफल भएको छ।

व्यक्तिगत बिधातर्फ पनि आयोजककै बर्चस्व कायम रह्यो। सर्वाधिक गोलकर्ता मनिष ठकुरी प्लेयर अफ दि टुर्नामेन्ट राजीव श्रेस्स हुँदा उत्कृष्ट गोलरक्षक भने पर्वतका बिजन बस्याल बनेका हुन । ब्यक्तिगत बिधाका सम्पूर्ण उत्कृष्ट खेलाडीले जनही रु.दस हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।

Post Comments