ताप्लेजुङको मिक्वाखोला–४ थलङमा जारी आमन्त्रित क्लब स्तरीय पुरूष फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक थलङ स्पोर्टिङ क्लब र रेड डेभिल्स फुटबल क्लब इलाम भिडने भएका छन ।
फाइनल खेल मंसिर २२ गते सोमबार दिनके १ बजे हुने खेल तालिका रहेको छ । आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमलाई ३-१ गोल अन्तरले पराजित गर्दै आयोजक थलङ स्पोर्टिङ क्लबले फाइनलमा स्थान पक्का गरेको हो ।
त्यसैगरी आइतबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा फङफङदेन झरना स्पोर्टिङ क्लब सॅावा तेम्बालाई ३-१ गोल अन्तरले पराजित गर्दै इलामको रेड डेभिल्स फुटबल क्लबले उपाधि भिडन्तका लागि आयोजकसंगको भेट निश्चित गरेको हो । पहिलो खेलको प्लेयर अफ दि म्याच आयोजकका दिपेश लिम्बु घोषित भए भने दोस्रो खेलमा इलामका शेखर राई घोषित हॅुदै दुइ दुइ हजार प्राप्त गरे ।
मंसिर २२ गते सम्म सन्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५२ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले १ लाख रुपैयाँका साथ मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबले जनाएको छ। यसैगरी ‘वेष्ट किपर’, ‘वेष्ट डिफेन्डर’, ‘वेष्ट प्लेयर’ र ‘हाइ स्कोरर’ पुरस्कार विजेता खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई