News
ब्राजील बन्यो पहिलो फिफा महिला फुटसल विश्वकपको विजेता
काठमाडौं (एजेन्सी) । एसियाली राष्ट्र फिलिपिन्समा सम्पन्न प्रथम फिफा महिला फुटसल विश्वकपको उपाधि दक्षिण अमेरिकी महारथी ब्राजीलले जितेको छ ।
फिलिपिन्सको पासिक शहरमा भएको फाइनलमा बजीलले पोर्चुगलमाथि ३–० को जित निकाल्दै पहिलो संस्करणको फिफा महिला फुटसल विश्वकपको विजेता बन्न सफल भएको हो ।
त्यस्तै तेस्रो स्थानका लागि भने प्ले अफ म्याचमा स्पेनले अर्जेन्टिनामाथि ५–१ को जित निकाल्दै तेस्रो स्थानमा कब्जा जमायो । स्मरण रहोस, सेमिफाइनलमा अर्जेन्टिनाले पोर्चुगलसँग १–७ को हार बेहोरेको थियो भने स्पेन ब्राजीलसँग १–४ ले पराजित भएको थियो ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट