ताप्लेजुङको मिक्वाखोला–४ थलङमा सन्पन्न आमन्त्रित क्लब स्तरीय पुरूष फुटबल प्रतियोगिताको उपाधि थलङ स्पोर्टिङ क्लब हात पारेको छ ।
सोमबार थलङ खेल मैदानमा सन्पन्न फाइनलमा रेड डेभिल्स फुटबल क्लब इलामलाई पेनाल्टि सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।
निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भए पछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।
उपाधि संगै आयोजकले नगद १ लाख ५२ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको रेड डेभिल्स इलामले १ लाख रुपैयाँका साथ मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिताको बेष्ट डिफेन्डर इलामका निसम दनुवार,वेष्ट डिफेन्डर आयोजकका सुन्योजित यक्सो,वेष्ट प्लेयर आयोजकका पवन लिम्बु र हाइ स्कोरर इलामका शेखर राई घोषित हॅुदै पॅाच पॅाच हजार सहित ट्रफि प्राप्त गरे । मंसिर १८ गते देखि सुरू प्रतियोगित मंसिर २२ गते भव्यताका साथ सम्पन्न भएको क्लबका अध्यक्ष मणि कुमार थलङले बताए ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई