News एनी प्रथम गछिया गोल्डकप उपाधि राष्ट्रिय जागृति युवा क्लबलाई
गोलनेपाल

गछिया, मोरङमा सम्पन्न एनी प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राष्ट्रिय जागृति युवा क्लबले हात पारेको छ।

सोमबार सम्पन्न फाइनल खेलमा राष्ट्रिय जागृतिले गाइघाट युनाइटेडलाई १–० ले पराजित गर्दै शीर्षस्थान कब्जा गरेको हो।

इटहरीका प्रभेश बस्नेतले खेलको दोस्रो हाफको आठौं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई उपाधि दिलाए।

उपाधिसँगै विजेता राष्ट्रिय जागृति युवाले नगद रू २ लाख प्राप्त गर्यो भने उपविजेता गाइघाट युनाइटेडले रू १ लाखमा चित्त बुझाउनुपर्‍यो।

गछिया युवा समाजको आयोजनामा सम्पन्न प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष सरोज दाहाल र संयोजक प्रलाद थोप्राले धन्यवाद व्यक्त गरेका छन्।

Post Comments