मैवाखोला । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं २ लेकुवा ढुङ्गेसाँघु स्थित ठोट्ने सिंगराज मनरानी आधारभूत विद्यालयको 7A साईडको प्राङ्गणमा चासोक तङ्नामको अवसर पारी लालीमा युवा क्लबको आयोजनामा जारी तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिताको उपाधि यङ बोइज धरान सुनसरीले हात पारेको छ ।
बिहीबार सम्पन्न फाइनल खेलमा कुम्मायक स्पोर्टिङ पाँचथरलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो। धरानलाई जित दिलाउनका लागि पेरिस केसीले एकमात्र निर्णय गोल गरेका थिए। सुबास बिकको असिस्टमा पेरिस केसीले खेलको ५५ मिनेटमा गोल गर्दै उपाधि रक्षा गर्दा उक्त खेलको म्यान अफ द म्याच पनि बनेका हुन्। उनले नगद रु २००० सहित ट्रफी पनि प्राप्त गरेका छन्।
पराजित भएको कुम्मायक स्पोर्टिङ पाँचथर भने पहिलो र दोस्रो संस्करण पनि उपविजेतामा सिमित रहेको थियो। लगातार तीन पटक फाइनल खेलमा पराजित हुँदा निराश हुँदै घर फर्किन बाध्य भएको छ।
उक्त प्रतियोगिताको सर्वाधिक गोलकर्ता धरानका पेरिस केसी, उत्कृष्ट गोल रक्षक पाँचथरका रोचक लावती, उत्कृष्ट डिफेन्डर पाँचथरकै सुदिप लावती बनेसँगै जनहि रु.३००० सहित ट्रफी प्राप्त गरेका छन् । उक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने धरानका सेसेहाङ लिम्बु बन्दै नगद रु. ४००० सहित ट्रफी प्राप्त गरेका हुन्।
योङ बोइज धरान सुनसरीले ट्रफी सहित नगद रु.१ लाख ६५ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको टोली कुम्मायक स्पोर्टिङ पाँचथरले नगद रु.९० हजारमा चित्त बुझाएको छ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई