News सहज जितका साथ वार्ड नम्बर १० सेमिफाइनलमा
गोलनेपाल

दुहबी । सहज निकाल्दै वार्ड नम्बर १० सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न क्वाटरफाइनल खेलतर्फ वार्ड नम्बर १० ले वार्ड नम्बर ३ लाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको खेलको २६औं मिनटमा कुन्दन चौधरीको गोलबाट वार्ड नम्बर १० ेले खेलमा अग्रता लिएको थियो ।

थप दुई गोल भने वार्ड नम्बर १० ले दोस्रो हाफको अन्तिमतिर दश मिनट मिनट भित्र थप्न सफल भएको थियो । वार्ड नम्बर १० का लागि दोस्रो गोल ७२औं मिनटमा समित चौधरीले गरे भने त्यसको ६ मिनट लगतै प्रल्हाद माझीले तेस्रो गोल गर्दै वार्ड नम्बर १० को सहज जित पक्का गरेका थिए ।

खेलको म्यान अफ द म्याच वार्ड नम्बर १० का समित चौधरी चुनिए । उनलाई दुहबी नगरपालिका वार्ड नम्बर १० का अध्यक्ष लघुराम माझीले नगद २ हजारका साथ पुरस्कृत गरे । प्रतियोगिता अन्तरगत माघ २३ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर १ र वार्ड नम्बर ७ बीच हुने आयोजकले जनाएको छ ।

दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा भईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ २८ गतेका दिन हुने पनि आयोजकले जनाएको छ ।

Post Comments