ताप्लेजुङ । धनकुटाको साँघुरीगढी एफसीमाथि सानदार जित दर्ता गर्दै तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब तेल्लोकमा जारी पाँचौ सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तेल्लोक माविको खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा म्याङलुङले ५-२ गोलअन्तरमा धनकुटालाई पराजित गरेको हो । म्याङलुङको जितसँगै सेमी समिकरण पूरा भएको छ ।
खेलको १६औँ मिनेटमा जीवन मास्की मगरले गोल गर्दै म्याङलुङको अग्रता दिलाएका थिए । उनले खेलको ६२औँ र ८०औँ मिनेटमा थप गोल गर्दै ह्याट्रकि पूरा गरे । उनले नगद २ हजार ५ सय प्राप्त गरे ।
म्याङलुङकै ज्ञानेन्द्र भण्डारीले ३३औँ र मेक्सन दासले ४१औँ मिनेटमा गोल गरेका थिए । धनकुटाका लागि प्रवेश बस्नेतले खेलको २७औँ र विदेशी खेलाडी सिल्गाले ५४औँ मिनेटमा गोल गरेका हुन् ।
भोलि पहिलो सेमिफाइनल खेल आयोजक तेल्लोक स्पोर्टिङ क्लब र मरिक एफसी धरानबीच हुनेछ । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५-५ हाजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताए ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई