News
श्रीनगर युवा क्लब क्वाटरफाइनलमा
बढैयाताल । उत्कृष्ट जितका साथ श्रीनगर युवा क्लब, मधुवन यहाँ जारी प्रथम क्लबस्तरीय खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रिक्वाटरफाइनलतर्फ राष्ट्रिय यु–२३ खेलाडी शंकर थारु सम्मिलित श्रीनगरले माउण्ट एभरेष्ट फुटबल क्लब, बारबर्दियालाई ३–१ को अन्तरले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भएको हो ।
नेपाल खेलकुद महासंघ तथा मयुर युवा क्लब, बढैयाताल, बर्दियाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २७,७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पुष ४ गतेका दिन हुनेछ ।
Post Comments