News किरनको टोली पञ्जाबसँग ट्राउको पहिलो हार
गोलनेपाल

काठमाडौ (एजेन्सी) । नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले टिडिम रोड एथलेटिक युनियन एफसी (ट्राउ) लाई सिजनको पहिलो हार चखाएको छ ।

बिहीबार कल्याणी स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले ट्राउलाई २–० ले निराश तुल्याएको हो । पञ्जाबको जितमा भुटानी स्टार चेन्चो ग्याल्सेनले ४२ र ६४औं मिनटमा दुवै गोल गरे ।

यो जितसँगै ६ खेलबाट ८ अंक जोडेको पञ्जाब लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । र लिगलिडर चर्चिल ब्रदर्श भन्दा ४ अंकले पछाडी छ । उता पराजित ट्राउ भने ७ अंकका साथ सातौं स्थानमा छ ।

पञ्जाबले आफ्नो आगामी खेल आउँदो मंगलबार फेब्रुअरी ९ तारीखका दिन इण्डियन एरोजसँग खेल्नेछ ।

Post Comments