News फिफा महिला वरियतामा नेपालको स्थान यथावत
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपाली महिला फुटबल टोलीको स्थान यथावत रहेको छ ।

फिफाले डिसेम्बर महिनाका लागि निकालेको वरियतामा नेपाल ८९औं स्थानमा यथावत रहेको हो । दक्षिण एसियातर्फ भने नेपाल दोस्रो स्थानमा छ ।

उता चार स्थान तल झर्दै ६७औं स्थानमा पुगेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा कायम छ । त्यस्तै आठ स्थान तल झर्दै ११२औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ ।

त्यस्तै १५४औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ चौथो स्थानमा रहँदा १६३औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । त्यसैगरी १६५औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ छैठौं स्थानमा रहँदा १६७औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।

त्यसैगरी विश्व वरियताको शिर्ष स्थानमा स्पेन कायम छ भने दोस्रो स्थानमा अमेरिका रहेको छ । उता दुई स्थान सुधार गरेको जर्मनीले इङल्याण्डलाई पछि पार्दे तेस्रो स्थानमा उक्लिएको छ ।

 

 

 

Post Comments