News तेस्रो डिपिएस अन्तर्राष्ट्रिय आमन्त्रण इन्टर स्कुल रनिङ शिल्ड शुरु
गोलनेपाल

बिराटनगर । दिल्ली पब्लिक स्कुल (डिपिएस), बिराटनगरको आयोजनामा बुधबारदेखि तेस्रो डिपिएस अन्तर्राष्ट्रिय आमन्त्रण इन्टर स्कुल रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ ।

बिराटनगर स्थित डिपिएस खेलमैदानमा भएको उद्घाटन खेलमा निदी सेकेण्डरी स्कुल, झापाले आरम्भ विद्या मन्दिर, सुनसरीलाई १–० ले हरायो । खेलको दोस्रो हाफतर्फ १५औं मिनटमा समिप चौधरीको आत्मघाती गोल निदी सेकेण्डरीको जितमा निर्णायक गोल बन्यो ।

खेलमा निदी सेकेण्डरी स्कुलका कप्तान प्रज्वल बाराकोटी घोषित भए । यो जितसँगै बाइ पाएको निदी सेकेण्डरी सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत पुष ३ गते बिहीबारको खेल बाल कल्याण विद्या मन्दिर, बिराटनगर र एजेलिया स्कुल, बिराटनगरबीच हुनेछ ।

आउँदो पुष ७ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी कुल दश विद्यालयका फुटबल टोलहिरु सहभागि छन् ।

Post Comments