काठमाडौं । जारी साफ महिला क्लब च्याम्पियनसिपतर्फ यसअघि नै फाइनलमा स्थान बनाईसकेका दुई टोली एपिएफ फुटबल क्लब (नेपाल) र ईस्ट बंगाल फुटबल क्लब (भारत) ले लिग चरणको अन्तिम खेलमा गोलरहित बराबरी खेलेका छन् ।
यो नतिजापछि चार खेलबाट १० अंकसहित शिर्ष स्थानमा रहेको ईस्ट बंगाल समूह विजेता बन्यो भने ८ अंकसहित दोस्रो स्थानमा रहेको एपिएफ समूह उपविजेता बन्यो ।
त्यस्तै बुधबार नै नसरिन स्पोर्टस एकेडेमी (बंगलादेश) सँग १–१ को बराबरी खेलेको भुटानको ट्रान्सपोर्ट युनाइटेड ३ अंकसहित तेस्रो स्थानमा रह्यो । समान २–२ अंक जोडेका कराँची सिटी एफसी (पाकिस्तान) र नसरिन क्रमशः चौथो र पाँचौं स्थानमा रहे । साथै ट्रान्सपोर्ट युनाइटेड, कराँची सिटी र नसरिन स्पोर्टस भने समूह चरणबाट यसअघि नै बाहिरिसकेका छन् ।
अब यही पुष ५ गते (डिसेम्बर २० तारीख) का दिन हुने फाइनलमा एपिएफ फुटबल क्लब र ईस्ट बंगाल फुटबल क्लब फेरि एकपटक उपाधिका लागि भिड्ने छन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल