News तेस्रो डिपिएस इन्टर स्कुल रनिङ शिल्डः दोस्रो दिन दुई रोमाञ्चक खेलहरु सम्पन्न
गोलनेपाल

बिराटनगर । दिल्ली पब्लिक स्कुल (DPS), बिराटनगरको आयोजनामा जारी तेस्रो डिपिएस इन्टर स्कुल रनिङ शिल्डअन्तर्गत दोस्रो दिन दुई अत्यन्तै प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।

दोस्रो दिनको पहिलो खेल BKVM School र Azalea School बीच सम्पन्न भयो। कडा प्रतिस्पर्धाबीच BKVM School ले १–० गोलअन्तरको जित निकाल्न सफल भयो।

BKVM School का रोजन राज पाण्डे ले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए। उत्कृष्ट प्रदर्शनका लागि उनलाई म्यान अफ द म्याच घोषित गरियो।

दोस्रो खेल Arpan English School र Sunshine English School बीच सम्पन्न भयो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ०–० को बराबरीमा समाप्त भयो। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउट (PSO) बाट गरिएको थियो, जहाँ Sunshine English School ले ५–४ को नतिजासहित जित हात पार्यो।

Post Comments