News पिएसजीलाई फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा मातहत रहेका ६ महासंघका क्लब च्याम्पियनहरुबीच वार्षिक रुपमा आयोजना हुँदै आएको फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि युइएफए च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ ।

कतारी शहर अल–रयनमा सम्पन्न फाइनलमा पिएसजीले दक्षिण अमेरिकी क्लब च्याम्पियन ब्राजीलको फ्लेमिङ्गोलाई पेनाल्टी शुटआउटमा हराउँदै पहिलोपटक फिफा इन्टरकन्टिनेन्टल च्याम्पियन बन्न सफल भएको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा पिएसजी २–१ ले विजयी बन्दै च्याम्पियन बन्यो । पिएसजीका पोर्चुगिज स्टार भिटिन्हा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी चुनिए ।

 

Post Comments