News देवदह–१० क्वाटरफाइनलमा
सुरज राना मगर

खैरेनी । संघर्षपुर्ण जितका साथ देवदह–१० रुपन्देहीमा जारी देवदह नगर वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

देवदह–३ स्थित पुष्पानन्द गिरी स्मृति खेलमैदानमा भएको खेलमा देवदह–१० ले देवदह–८ लाई पेनाल्टी शुटआउटमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीमा देवदह–१० ले देवदह–८ लाई ४–३ ले पराजित गर्यो ।

खेलमा देवदह–१० का गोलरक्षक बिमल क्षेत्री म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुष ४ गते शुक्रबारको क्वाटरपाइनल खेल देवदह–२ (ए) र देवदह–४ बीच हुने खेल संयोज कयम बहादुर पचभैयाले जानकारी दिए ।

वडा खेलकुद विकास समिति, देवदह नगरपालिका–२, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष नारायण शर्माले जानकारी दिए । फाइनल खेल पुष ९ गतेका दिन हुनेछ ।

Post Comments