सतिसाले । उत्कृष्ट जितका साथ आयोजक सतिसाले स्र्पोटिङ क्लब, मोरङ जारी दोस्रो सतिसाले गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको अन्तिम क्वाटरफाइनलमा सतिसालेले बिराटनगर सिटी फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हरायो । निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा सतिसाले ३–१ ले विजयी बन्यो ।
पेनाल्टीमा बिराटनगरको तर्फबाट समिर चौधरी, एकराज बुडाथोकिको प्रहार पोलमा लगेर फर्किएको थियो भने निस कुमार श्रेष्ठको प्रहार गोल किपर बिपुल मगरले रोकेका थिए । बिराटनगरको तर्फबाट सुसन तामाङले मात्र गोल गरे। त्यस्तै आयोजक सतिसालेको तर्फबाट सुमन मगर, प्रबेस बस्नेत र निङमा घिसिङ गोल गरे भने बिकास परियार र अमन लामाको प्रहार बिराटनगरको गोल किपर योगेस धिमालले रोकेका थिए ।
खेलको प्लयेर अफ द म्याच आयोजक सतिसाले स्पोर्टिङ क्लबका गोलरक्षक बिपुल मगर घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुष ५ गते शनिबारको पहिलो सेमिफाइनल खेल इन्ट्रा पथरि ११, मोरङ र चुलाचुली स्पोर्टिङ क्लब, झापा बीच हुने आयोजकले जानकारी दियो ।
सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल पुष ८ गतेका दिन हुनेछ ।