News इन्ट्रा पथरी ११ दोस्रो सतिसाले गोल्डकपको उपाधि नजिक
गोलनेपाल

केराबारी । दोस्रो सतिसाले गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा इन्ट्रा पथरी ११ ले डिफेन्डिङ च्याम्पियन तथा पूर्व विजेता चुलाचुली स्पोर्टिङ क्लबलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ।

केराबारी–६ स्थित सतिसाले स्पोर्टिङ क्लबको खेल मैदानमा भएको उक्त खेलमा इन्ट्रा पथरी ११ ले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै चुलाचुलीलाई दबाबमा राख्यो। खेलमा मिक्सन दासले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे भने एक गोल सन्जय लिम्बुले थपे।

डिफेन्डिङ च्याम्पियन चुलाचुली स्पोर्टिङ क्लब सेमिफाइनलमै प्रतियोगिताबाट बाहिरिँदा इन्ट्रा पथरी ११ भने सहज जितसहित उपाधि नजिक पुगेको छ। दुई गोल गरेका मिक्सन दास उक्त खेलको प्लेयर अफ द म्याच घोषित भए।

अब प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि घरेलु टोली सतिसाले स्पोर्टिङ क्लब र बेतना युनाइटेड क्लब, बेलबारीबीच हुने तालिका रहेको छ।

Post Comments