दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरुष फुटबल प्रतियोगिता अन्तर्गत शनिबार तीन प्रि–क्वार्टरफाइनल खेल सम्पन्न भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा भइरहेको प्रतियोगितामा वडा नम्बर ५, १२ र ९ ले आ–आफ्नो खेल जित्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको खेलमैदानमा शुक्रबारबाट सुरु भएको उक्त प्रतियोगिताको पहिलो प्रि–क्वार्टरफाइनल खेलमा वडा नम्बर ५ ले वडा नम्बर १९ लाई ५–१ को फराकिलो अन्तरले पराजित गर्यो। वडा नम्बर ५ का लागि सृजन श्रेष्ठले दुई गोल गर्दा अङ्कित बोहरा, प्रदिप ओली र प्रताप विकले समान एक–एक गोल गरे। वडा नम्बर १९ का सुजन रावतले एक सान्त्वना गोल फर्काए। दुई गोलकर्ता सृजन श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै नगद रु. १,५०० सहित ट्रफी प्राप्त गरे।
दोस्रो खेलमा वडा नम्बर १२ ले वडा नम्बर १५ लाई २–१ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो। वडा नम्बर १२ को जितमा सुवास मगर र करन बस्नेतले समान एक–एक गोल गरे। वडा नम्बर १५ का प्रकाश चौधरीले एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन्। करन बस्नेत म्यान अफ द म्याच बन्दै नगद रु. १,५०० सहित ट्रफी प्राप्त गरे।
तेस्रो प्रि–क्वार्टरफाइनल खेलमा वडा नम्बर ९ ले वडा नम्बर ११ लाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गर्यो। वडा नम्बर ९ का कृष्ण हमालले दुई गोल गर्दा विकास बुढाथोकीले एक गोल थपे। वडा नम्बर ११ का कप्तान सन्जित मल्लले एक सान्त्वना गोल गरे। दुई गोलकर्ता कृष्ण हमाल म्यान अफ द म्याच घोषित हुँदै नगद रु. १,५०० सहित ट्रफी प्राप्त गरे।
आइतबार पनि दुई प्रि–क्वार्टरफाइनल खेल हुनेछन्। पहिलो खेलमा वडा नम्बर १७ र वडा नम्बर ८ बीच दिनको ठिक १२ बजे प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल वडा नम्बर १३ र वडा नम्बर १४ बीच दिउँसो २ बजे हुनेछ।
तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वडामध्ये १६ वडाको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता टोलीले नगद रु. २,६६,६६६ सहित चाँदी जडित रनिङ ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. १,६६,६६६ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
पुस ४ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस १२ गते हुने तालिका रहेको छ।
- दाङका दुई खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि चीन प्रस्थान, प्रशिक्षक लवटलाई दाङबासीको धन्यवाद
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा