News बेतना युनाइटेड दोस्रो सतिसाले गोल्डकपको फाइनलमा, उपाधिका लागि इन्ट्रा पथरी–११ सँग भिड्ने
गोलनेपाल

केराबारी । बेतना युनाइटेड फुटबल क्लब, बेलबारी यहाँ जारी दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनलमा बेतनाले आयोजक सतिसाले स्र्पोटिङ क्लब, सतिसाले, मोरङको चुनौति पेनाल्टी शुटआउटमा पन्छाउँदै उपाधि नजिक पुगेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा बेतना युनाइटेड ४–३ ले विजयी बन्यो । खेलमा बेतनाका गोलरक्षक मुस्कान लिम्बु प्लेयर अफ दि म्याच घोषित भए । अब बेतना युनाइटेडले पुष ८ गतेका दिन हुने फाइनलमा इन्ट्रा पथरी–११ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments