तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ अरनीको खेलमैदान दाङमा तुल्सीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा जारी दाङ जिल्लाकै सर्वाधिक धनराशि साथै देशकै प्रतिष्ठित दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरूष फुटबल प्रतियोगिता अन्तर्गत आइतबार दुई प्री क्वाटरफाइनल खेल सम्पन्न भएका छन्।
पहिलो खेल वडा नं ८ र वडा नं १७ बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदा सडन डेथमा वडा नं ८ विजयी बन्न सफल भएको छ। निर्धारित समय एक एक गोलको बराबरीमा टुङ्गिएको उक्त खेल वडा नं १७ का लागि नरेश गौतमले गोल गरेका थिए भने वडा नम्बर ८ का लागि अनिश बस्नेतले बराबरी गोल गरेका थिए।
पेनाल्टी सुटआउटमा वडा नं ८ का गोलरक्षक भुवन डाँगीले ह्याट्रिक सेभ गर्दै आफ्नो टोलीलाई क्वाटर फाइनलको यात्रा तय गराएका हुन्। साथै उक्त खेलको म्यान अफ द म्याच हुँदै नगद रू.१५०० सहित ट्रफी पनि प्राप्त गरेका छन्। पेनाल्टी सुटआउटमा कुल आठ आठ प्रहार हुँदा ६/५ को नतिजामा वडा नम्बर ८ विजयी बनेको हो।
दोस्रो खेल वडा नम्बर १४ र वडा नं १३ बीच प्रतिस्पर्धा हुँदा वडा नम्बर १३ ले ३/१ को सहज जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेको छ। वडा नम्बर १३ लाई जित लाउनका लागि भीष्म खड्काले दुई गोल र यम नारायण चौधरीले एक गोलको योगदान गरेका हुन् भने उता पराजित भएको वडा नं १४ का लागि दिपेन्द्र खत्रीले फ्री किक मार्फत उत्कृष्ट एक गोल गरेता पनि आफ्नो टोलीलाई हारबाट जगाउन सकेनन् । उक्त खेलमा दुई गोलको महत्वपूर्ण योगदान गरेका वडा नम्बर १३ का भीष्म खड्का म्यान अफ द म्याच हुँदै नगद रु.१५०० सहित ट्रफी प्राप्त गरेका छन्।
सोमबार अन्तिम दुई प्रि क्वाटरफाइनल खेल हुनेछन्। * वडा नम्बर २ र वडा नम्बर ७ दिनको ठिक १२ बजे प्रतिस्पर्धा गर्नेछन्। *वडा नम्बर ३ र वडा नम्बर १८ दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।
तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटा वडाहरूमध्ये १६ वटा वडाहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६६,६६६ रुपैया सहित चाँदी जडित रनिङ ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु १,६६,६६६ सहित कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुष ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको फाइनल खेल पुष १२ गते हुनेछ।
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा