काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको स्थान यथावत रहेको छ । डिसेम्बर महिनाका लागि निकालिएको वरियतामा नेपाल १८२औं स्थानमा यथावत रहेको छ । दक्षिण एसियातर्फ भने नेपाल चौथो स्थानमा छ ।
त्यस्तै १४२औं स्थानमा यथावत रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा कायम छ । त्यसैगरी दक्षिण एसियातर्फ दोस्रो स्थानमा रहेको माल्दिभ्स १७३औं स्थानमा कायम रहँदा दक्षिण एसियातर्फ तेस्रो स्थानमा रहेको बंगलादेशको वरियता पनि १८०औं स्थानमा यथावत छ ।
त्यसैगरी १९२औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १९४औं स्थानमा रहेको श्रीलंका दक्षिण एीसयातर्फ छैठौं स्थानमा छ । उता १९९औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।
त्यस्तै विश्व वरियताको शिर्ष स्थानमा भने स्पेन रहेको छ । विश्व विजेता अर्जेन्टिना दोस्रो स्थानमा रहँदा फ्रान्स तेस्रो स्थानमा रहेको छ ।