खैरेनी । कठिन जितका साथ वार्ड नम्बर ९ रुपन्देहीमा जारी देवदह वार्ड कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा वार्ड नम्बर ९ ले वार्ड नम्बर १० लाई पेनाल्टी शुटआउटमा हराउँदै फाइनल प्रवेश गरेको हो ।
त्यसअघि निर्धारित समयको खेल १–१ गोलको रोमाञ्चक बराबरीमा सकिएपछि पेनाल्टी शुटआउटमा वार्ड नम्बर ९ ले वार्ड नम्बर १० माथि ५–४ को जित हासिल गर्दै उपाधि नजिक पुग्न सफल भयो ।
खेलमा वार्ड नम्बर ९ का अनिल क्षेत्री म्यान अफ दि म्याच घोषित भए । अब वार्ड नम्बर ९ ले यही पुष ९ गते बुधबार हुने फाइनलमा वार्ड नम्बर १० सँग उपाधिका लागि भिड्ने खेल संयोज कयम बहादुर पचभैयाले जानकारी दिए ।
वडा खेलकुद विकास समिति, देवदह नगरपालिका–२, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।