कावासोती । हेटौडा फुटबल एकेडेमी यहाँ जारी प्रथम कावासोती गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ हेटौडा एफएले कावासोती बी लाई ४–० को अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गर्ने अन्तिम टोली बन्न सफल भएको हो ।
हेटौडा एफएको जितमा दिवस श्रेष्ठले दुई गोल गर्दा उमेश संजेल र मिलन स्याङतनले समान एक–एक गोल गरे । खेलमा दुई गोल गरेका हेटौडाका दिवस श्रेष्ठ प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत पुष ९ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल गण्डकी पुलिस र सुगौली फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
सनलाईट सामुदायिक विकास केन्द्र, कावासोती, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष १६ गतेका दिन हुनेछ ।
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने
- गण्डकी प्रदेश पुलिस फाइनलमा