सुनवल । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जेनिथ युथ क्लब, सुनवल–३ द्वारा आयोजित दोस्रो जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न पाँचौं खेलमा जनशक्ति युवा क्लब, सुनवल–१३ बडेराले डाइनामिक युथ क्लब, सुनवल–११ जर्गाहालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ।
जनशक्ति युवा क्लबको जितमा मिलन आले मगरले चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे भने बिनोद भट्टराई र नबिन महतोले एक–एक गोलको योगदान दिए। एकतर्फी खेल प्रदर्शनसँगै जनशक्तिले खेलमाथि पूर्ण नियन्त्रण राख्दै शानदार जित दर्ता गरेको हो। चार गोलसहित प्रभावशाली खेल प्रस्तुत गरेका मिलन आले मगर खेलको उत्कृष्ट खेलाडी घोषित भए।
भोलि माघ २१ गते हुने छैटौं खेलमा दाजुभाई एफसी, सुनवल, नवलपरासी र डि युनिटी एफसी, खैरेनी, रुपन्देहीबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

- पूर्वी नवलपरासीमा ऐतिहासिक ४०औँ युनाइटेड गोल्डकप भदौ १९ गतेदेखि
- गैंडाकोट च्याम्पियनसिप कपमा ८ टोली, रु. ५ लाख ५ हजार ५ सय ५५ पुरस्कार राशिको घोषणा
- प्रथम 'गैंडाकोट च्याम्पियनसिप कप २०८३ को तयारी सुरु
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि