News इन्ट्रा पथरी–११ लाई दोस्रो सतिसाले गोल्डकपको उपाधि
गोलनेपाल

केराबारी । यहाँ सम्पन्न दोस्रो सतिसाले गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरि ११ फुटबल क्लबले जितेको छ ।

केराबारि गाउपालिका वाड न ६ स्थित सतिसाले स्पोर्टिङ क्लबको खेल मैदानमा आज भएको फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड, बेलबारि मोरङलाइ पेनाल्टी सुटआउटमा ४–२ ले पाखा लगाउदै उपाधि जितेको हो ।

त्यसअघि निधारिक समयको खेल दुबै टोलिले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा इन्ट्रा पथरिले पेनाल्टी प्राप्त गरे पनि कप्तान युकेस तामाङको प्रहार क्रस बारमा लाग्दै बाहिरिएको थियोे ।

बेतानाले पनि खेल अवधिभर धेरै अबसर गुमाएको थियोे । बेतनाको लागि निमा तामाङले थुप्रै अबसरलाई सदुपयोग गर्न नसक्दा चुकचुकाउनु परेको थियो ।

प्रतियोगिताको बिजेता बनेको प्रथरिले उपाधि सहित २ लाख २ हजार २ सय १२ हात पार्यो भने उपबिजेता बनेको बेतनाले १ लाख १ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।

 
Post Comments