News गुल्मीमा छैठौं फोर्टिन स्टार कप शुरु
गोलनेपाल

इस्मा । फोर्टिन स्टार युवा क्लब, तम्घास, गुल्मीको आयोजनामा छैठौं फोर्टिन स्टार कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु भएको छ । इस्मा स्थित जैढुङ्गा बि.पि. पार्क मैदानमा भएको प्रतियोगिताको पहिलो दिन श्री सिद्धबाबा मावि र पालुखा माविले विजयी शुरुवात गरे ।

उद्घाटन खेलमा श्री सिद्धबाबा माविले श्री पृथ्वी माविलाई २–० ले हरायो । श्री सिद्धबाबाको जितमा सुजन बस्नेत र रुबिन मगरले गोल गरे । विजयी टोली श्री सिद्धबाबाका सुजन बस्नेत खेलको प्लेयर अफ दि म्याच चुनिए ।

त्यस्तै दोस्रो खेलमा पालुखा माविले जनसहयोग माविलाई ३–० ले हरायो । पालुखाको जितमा सन्तोष मुखियाले दुई गोल गर्दा थप एक गोल सिजन सारुले गरे । पालुखाका दुई गोलकर्ता सन्तोष मुखिया प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

 

 

Post Comments