News बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु
गोलनेपाल

लगनखेल । बसन्त गौचन फुटबल एकेडेमीको आयोजनामा युवा फुटबलरका लागि ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ सुरु भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गरिएको वसन्त गौचन फुटबल एकेडेमीले जनाएको छ ।

नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र जापानबाट आएका जापानी प्रशिक्षक युता ओगुराले प्रशिक्षण दिइरहेका छन् । उनीहरुको साथमा नेपालका ‘ए’ लाइसेन्स प्रशिक्षक राजेन्द्र तामाङसहित, हरि लामा, राजेश शाही, चेतन घिमिरे, सचिन श्रेष्ठ लगायत स्थानीय प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन् ।

बिहान ९ देखि ११ बजेसम्म १० देखि १२ वर्ष र दिउसो २ बजे देखि ४ बजेसम्म १३ देखि १६ वर्षका खेलाडीलाई ३ दिन प्रशिक्षण दिइने पूर्व राष्ट्रिय खेलाडी गौचनले जनाए । प्रशिक्षणमा झन्डै १ सय जना खेलाडी सहभागि रहेको उनले जनाए ।

गौचन पछिल्लो सा“ढे दुई दशक देखि जापानलाई कर्मथलो बनाउदै आएका छन् । ३ वर्ष अघि गौचनले आफ्नो नाममा फुटबल एकेडेमी खोल्दै बाल र युवा फुटबल खेलाडीहरुलाई प्रशिक्षण दिदैं आएका छन् । गौचनको पहलमा पछिल्लो दशक यता हरेक वर्ष नेपालका किशोर खेलाडीले एक साता जापानमा कोपा टोरेरोज प्रतियोगितामा सहभागिता जनाउदै आएका छन् ।

Post Comments