फर्साटिकर । लिस्नु युवा क्लब, कोटिहवा रुपन्देहीमा जारी १३औं शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
शनिबार भएको पहिलो क्वाटरफाइनलतर्फ लिस्नुले सिद्धार्थ क्लब, चपरहट्टीलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बन्न सफल भएको हो ।
लिस्नुको जितमा विश्व थापा मगर र बिक्रम लामाले गोल गरे । लिस्नु कै गोलकर्ता विश्व थापा मगर खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुष २० गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल चाँदनी युवा क्लब, दानापुर र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने खेल संयोजक रवि खड्काले जानकारी दिए ।
फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराई जानकारी दिए । फाइनल खेल यही पुष २६ गतेका दिन हुनेछ ।