News कपिलवस्तु–११ सेमिफाइनलमा प्रवेश
सुरज राना मगर

फर्साटिकर । कपिलवस्तु–११ रुपन्देहीमा जारी १३औं शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ कपिलवस्तुले गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवललाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

त्यसअघि फर्साटिकर खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । सुन्दरी पल्लीको गोलबाट कपिलवस्तुले अग्रता बनाए पनि सदिप क्षेत्रीले गोर्खा ब्वाईजका लागि बराबरी गोल फर्काएका थिए ।

पेनाल्टी शुटआउटमा भने कपिलवस्तुसँग गोर्खा ब्वाईज ३–१ ले निराश बन्न पुग्यो । खेलमा कपिलवस्तुका गोलरक्षक प्रतिक सुनार म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत पुष २२ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आयोजक फर्साटिकर युवा क्लब, फर्साटिकर र भैरव स्पोर्टस क्लब, नवलपरासी बीच हुने खेल संयोजक रवि खड्काले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराई जानकारी दिए । फाइनल खेल यही पुष २६ गतेका दिन हुनेछ ।

Post Comments