News जुडी फुटबल क्लब सेमिफाइनलमा
गोलनेपाल

बेलबारी । प्रतिस्पर्धात्मक जितका साथ जुडी फुटबल क्लब यहाँ जारी तेस्रो पुष्पाञ्जली कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो क्वाटरफाइनलमा जुडीले रतुवामाई नगरपालिका युवा तथा खेलकुद समितिलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

जुडीको जितमा आशिष चौधरी र अनिषराज धामीले समान एक–एक गोल गरे । उता पराजित रतुवामाईका लागि भने निरज थतालले एक गोल फर्काएका थिए । खेलमा जुडीका आशिष चौधरी म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत पुष २४ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल इन्ट्रा पथरी फुटबल क्लब र तालतलैया फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

पुष्पाञ्जली फुटबल क्लब, बेलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने पुष २९ गतेका दिन हुनेछ ।

Post Comments