News पाल्पामा प्रथम माण्डव्य ऋषि कप हुँदै
सुरज राना मगर

दमकडा । दमकडा ब्रदर्श फुटबल क्लब, तानसेन–९, दमकडा, पाल्पाको आयोजनामा यही पुष २८ गतेदेखि प्रथम माण्डव्य ऋषि कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

तानसेन–९, पाल्पा स्थित दमकडा फुटबल मैदानमा हुने प्रतियोगिताको पुष २६ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४००० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५००० हात पार्नेछ भने उपविजेताले २७५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक आशिष रानाले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक रानाले बताए ।

प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु ९८४४१७७३८८ (आशिष राना), ९७४३४६६०३१ (रोशन गाहा) र ९७६७३५२७३४ (अनुप गैरे) मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।

 

 

Post Comments