News इन्ट्रा पथरी ११ तेस्रो पुष्पाञ्जली कपको सेमिफाईनलमा
गोपाल काफ्ले

पथरी । मोरङको इन्ट्रा पथरी ११ तेस्रो पुष्पाञ्जली नकआउट फुटवल प्रतियोगिता सेमिफाईनलमा प्रबेश गरेको छ । पथरी ११ ले सुनसरीको तालतलैया फुटवल क्लवलाई ट्राईबेकरमा ४- १ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको हो ।

निर्धारीत समय १/१ गोलको बराबरीमा सकिए पछि खेलको निर्णय ट्राईबेकरबाट लिएको थियो । ट्राईबेकरमा गोल गर्न नस्कदा तालतलैया सुनसरी पहिलो खेलबाटै बाहिरिनु परेको हो । खेलको अग्रता भने तालतलैयाले लिएको थियो । निकै प्रतिस्पर्दात्मक खेमा दुबै गोल पहिलो हाफमा भएको थियो । खेलको २४ औं मिनेटमा तालतलैया सुनसरीका लागि एलिस कुमार श्रेष्टले गरेका थिए । श्रेष्ठले कनर एरियाबाट पाएको बललाई हेडमार्फत सुन्दर गोल गर्न सफल भए । तालतलैया सुनसरी अग्रता एक मिनेट टिक्न नपाउदै पथरी ११ का निरज परियारले गोल गर्दै खेल बराबरीमा पुर्याए । परियारले गोलरक्षक विसाल दर्लामीले निकालेको पासमा वान भर्सेस वान गोल गरेका थिए ।

दोस्रो हाफम कुनै पनि टिमले गोल गर्ने सकेन्न खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा इन्ट्रा पथरी ११ का मन्जिल खड्का, निरज परियार, युकेश तामाङ र संजय लिम्बुले गोल गरे भने तालतलैयाका सविन घिमिरेले मात्र गोल गरे । आरोस चौधरीको प्रहार बाहिरिएको थियो भने अन्जान प्रधानको प्रहार पथरी ११ को गोल रक्षक विसाद दर्लामीले सेभ गरेका थिए ।

खेलको म्यान अफ दि म्याच इन्ट्रा पथरी ११ का गोल रक्षक विशाल दर्लामी घोषित हुदै नगद २ हजार प्राप्त गरे । भोलि शुक्रबारको अन्तिम क्वाटर खेल आयोजक पुष्पाञ्जलि फुटवल क्लव मोरङ र हिमालय स्पोट क्लव मिक्लाजुङ बिच हुनेछ ।

तेस्रो पुष्पाञ्जली नकआउट फुटवल प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजारका साथ मेडल ट्रफि प्राप्त गर्ने छन । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।

Post Comments