News गौतम बुद्ध चौथो रुद्रपुर कपको क्वाटरफाइनलमा
सुरज राना मगर

रुद्रपुर । गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५, पिपरीचापा रुपन्देहीमा जारी चौथो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ गौतम बुद्धले एन्फा एकेडेमी, बुटवललाई १–० को साँघुरो अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । गौतम बुद्धको जितमा रिदम राकसकोटीले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । खेलको एक्लो निर्णायक गोलकर्ता रिदम राकसकोटी नै म्यान अफ दि म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत पुष २५ गते शुक्रबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा १२ बजे चाँदनी युवा क्लब, दानापुर र सैनामैना फुटबल क्लब, सैनामैना भिड्ने छन् भने दोस्रो खेलमा २ बजे बुद्धभुमी एकेडेमी, सैनामैना र सुनौलो संगम एफसी, कञ्चन भिड्ने खेल संयोजक दृष्टि राना मगरले जानकारी दिए ।

रुद्रपुर युवा क्लब, कञ्चन–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,३१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।

Post Comments