केराबारी । मोरङको केराबारीमा आगामी माघ २८ गतेदेखि फागुन ६ गतेसम्म चौथो माछिन्द्र गोल्ड कप २०८२ आयोजना हुने भएको छ। प्रतियोगिताको आयोजक केराबारी फुटबल क्लब रहेको छ ।
प्रतियोगितामा
- २ए डिभिजन क्लब
- झापा–११
- सल्हेश युवा क्लब
- साविक विजेता पानबारी धरान
को सहभागिता पक्का भइसकेको छ भने २ वटा क्लबको नाम भने अझै पुष्टि हुन बाँकी रहेको आयोजकले जनाएको छ।
मुख्य प्रायोजक : केराबारी गाउँपालिका , मोरङ
आयोजक: केराबारी फुटबल क्लब र यो प्रतियोगितालाई भव्य र सभ्य पार्नका लागि सह प्रायोजक को रुपमा पनि सहयोग गर्न सक्नु हुने छ।
यस प्रतियोगिता को प्रथम पुरस्कार राशी भने लगभग ४ लाख को हाराहारी मा रहने कुरा पनि आयोजकले जानकारी प्रदान गरेको छ। प्रतियोगितासम्बन्धी जानकारी सार्वजनिक गर्न आज सम्पन्न प्रेस मिट कार्यक्रम मा यस प्रतियोगिताको प्रथम पुरस्कार राशी भने लगभग ४ लाखको हाराहारी मा रहने कुरा पनि आयोजकले जानकारी प्रदान गरेको छ।
प्रतियोगितासम्बन्धी जानकारी सार्वजनिक गर्न आज सम्पन्न प्रेस मिट कार्यक्रम मा
- केराबारी एफसीका अध्यक्ष प्रितम लिम्बु
- केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ
- क्लबका पदाधिकारी तथा सदस्यहरू को उपस्थिति रहेको थियो।
स्थानीय स्तरको यो प्रतिष्ठित प्रतियोगिताले खेलकुद विकाससँगै युवाको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता हुने
- स्थान: केराबारी, मोरङ
- मिति: माघ २८ – फागुन ६, २०८२