नक्सलबारी । जनज्योति क्लब, बेलबारी–१, नक्सलबारीको आयोजनामा शुरु भएको छैठौं माघे संक्रान्ती कप नकआउट फुटबल प्रतियोगितामो सतिसाले फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।
शुक्राबर भएको उद्घाटन खेलमा सतिसालेले तालतलैया ब्वाईज क्लबलाई २–० ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । सतिसालेको जितमा नितेश लिम्बु र साजन बर्देवाले गोल गरे । खेलमा सतिसाले कै साजन बर्देवा म्यान अफ दि म्याच समेत चुनिए ।
यो जितसँगै सतिसाले सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत पुष २६ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल डाँगीहाट फुटबल क्लब र नक्सलबारी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बेलबारी नगरपालिका, मोरङकी उउपमेयर नितु थापा कोइरालाले गरेकी थिईन् ।
आउँदो माघ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
