News बिएम एकेडेमी तेस्रो पुष्पाञ्जली कपको फाइनलमा
गोलनेपाल

बेलबारी । बिएम एकेडमी जारी तेस्रो पुष्पाञ्जली कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा बिएम एकेडेमीद्वारा इन्ट्रा पथरी-११ फुटबल क्लब १-० ले पराजित । पहिलो हाफको छैठौं मिनेटमा तिर्थ बस्नेतले गरेकोएक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

खेलमा निर्णायक गोल गरेका बिएम एकेडेमीका तिर्थ बस्नेत नै खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत पुस २७ गते आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक पुष्पाञ्जली फुटबल क्लब र जुडी फुटबल क्लब बीच हुने आयोजकले जानकारी दियो ।

पुष्पाञ्जली फुटबल क्लब, बेलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने पुष २९ गतेका दिन हुनेछ ।

Post Comments