खाँदबारी । तेस्रो तिनपोखरी कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएका दुई खेलहरुमा जित हात पार्दै मकालु फ्रेन्ड र सितलपाटि क्लब सेमिफाइनलमा प्रवेश गरेका छ्न ।
संखुवासभा जिल्लाको खादबारि स्थित खादबारि रंगशालामा सम्पन्न पहिलो खेलमा आयोजक तिन पोखरी समाजलाइ २:० गोलले हराउदै मकालु फ्रेन्ड सेमिफाइनल प्रवेश गरेको हो ।
मकालुको जितमा रोसन आचार्य र जिबन मगरले समान एक/एक गोल गरे । खेलको प्लयेर अफ द म्याच मकालु कै जिबन मगर भएका थिए ।
शनिबार नै भएको दोस्रो खेलमा एपीएफ पकलिलाइ २:० गोल अन्तरले हराउदै सितलपाटि पनि सेमिफाइनलमा प्रबेस गरेको छ ।
सितल पाटिको लागि सुबास तामाङ र महेन्द्र लिम्बुले समान एक एक गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच सुबास तामाङ भएका थिए ।
प्रतियोगिता अन्तर्गत पुस २७ गते आइतबार पनि दुइ खेलहरु हुनेछन । पहिलो खेल चुलाचुली स्पोर्टिङ क्लब, दमक भर्सेस खादबारि युथ क्लब संखुवासभा बीच हुनेछ भने दोस्रो खेल बेलका युथ क्लब विरुद्ध सेकहा सामुदायिक बिकास क्लब बिच हुनेछ ।
प्रतियोगिताको बिजेताले २ लाख ५१ हजार ट्र्फि मेडल
दोस्रो हुनेले १ लाख २१ हजार ट्रफी मेडल प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ ।