News युएईमा प्रेसिडेन्ट कप नेपाली कम्युनिटी फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

काठमाडौं । ‘एकता, सहकार्य अनि निरन्तरता’ भन्ने मूल नाराका साथ नेपाली समाज युएईको आयोजनामा यही जनवरी १७ तारीखका दिन प्रेसिडेन्ट कप नेपाली कम्युनिटी फुटबल प्रतियोगिता हुने भएको छ ।

अल कोज स्थित डुल्स्को एरिनामा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भईसकेको पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित १५०० युएई दिराम हात पार्नेछ भने उपविजेताले १००० युएई दिरामसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । त्यसबाहेक प्रतियोगिता अवधिभर मैदान मै मेडिकल चेकअप को व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

Post Comments