ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका २ खेजेनिमस्थित आहाले खेलमैदानमा आयोजित प्रथम मानाभारा गोल्डकपबाट ५ लाख ३७ हजारभन्दा बढी बचत भएको आयोजकले जनाएको छ ।
मानाभारा युथ स्पोर्टिङ क्लबले गत पुस १५ गतेदेखि १९ गतेसम्म गोल्डकपको आयोजना गरेको थियो । रामेछापको एक टिमसहित जिल्लाका ८ वटा टोली गोल्डकपमा सहभागी थिए ।
आयोजक क्लबका अध्यक्ष तुलसी दाहालका अनुसार आज वडा कार्यालयमा सार्वजनिक गरिएको आयव्ययमा गोल्डकपबाट ५ लाख ३७ हजार ९२५ रुपैयाँ बचत भएको हो । सार्वजनिक कार्यक्रम पालिकाका उपाध्यक्ष रविन साम्रा (विकास)लगायत जनप्रतिनिधिको उपस्थितिमा गरिएको हो ।
उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न सहयोगी दाताको तर्फबाट १५ लाख ६९ हजार ८४३ रुपैयाँ, गाउँपालिका, वडा कार्यालयबाट ३ लाख ५० हजार र अन्य संघसंस्थाबाट ३ लाख २ हजार ८२ रुपैयाँ गरी २२ लाख २१ हजार ९२५ रुपैयाँ संकलन भएको थियो ।
यसैगरी, प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८४ हजार खर्च भएको क्लबका सचिव मौसम अन्छङ्बोले जानकारी दिए । सहयोगी दातालाई आयोजक क्लबले धन्यवाद ज्ञापन गरेको छ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई