सिंवा बजार । लालीगुराँस स्र्पोटिङ युवा क्लब यहाँ जारी प्रथम माघेनी मेला गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
शनिबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा श्री लालीगुराँसले कन्काई स्र्पोटिङ क्लबलाई ३–० ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान पनि सुरक्षित गरेको हो ।
श्री लालीगुराँस स्र्पोटिङको जितमा बिबेक लिम्बुले दुई गोल गर्दा थप एक गोल सोहिम लिम्बुले गरे । खेलको म्यान अफ दि म्याच पनि श्री लालीगुराँस कै सोहिम लिम्बु घोषित भए ।
प्रतियोगिता अन्तर्गत माघ ५ गते आइतबारको पहिलो सेमिफाइनल खेल सिंवा स्र्पोटिङ क्लब र ड्रिम ब्वाईज फुटबल क्लबबीच हुनेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा श्री लालीगुराँस स्र्पोटिङ क्लबले बिसिएस मेमोरियल युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
माघे मेला सञ्चालन समिति, सिंवाबजार, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५२०८२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ ५ गतेका दिन हुनेछ ।

- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई