मेरिङ्देन । वसन्त पन्चमीको अवसरमा प्रगतिशील युवा क्बल मेरिङ्देन गाउँपालिका -४ लिङ्तेपको आयोजनामा प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने भएको छ ।
प्रतियोगिताको उद्घघाटन खेल अन्तरगत माघ ९ गते आयोजक प्रगतिशील युवा क्लब निलो र लालिमा युवा क्लब ढुङ्गेसाँघु बिच हुनेछ । त्यस्तै माघ १० गते आयोजक प्रगतिशील युवा क्लब निलो र मानाभारा युवा क्लब खेजेनिम बिच हुनेछ । माघ ११ गते साथिभाई सामाजिक युवा क्लब फुङ्लिङ र पुवाजुङ फुटबल क्लब ईलाम साथै पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लब खाम्लुङ र कुम्मायक कुसायक क्लब पाँचथर बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेताले नगद ३ लाख २ हजार ८२ र उपबिजेता हुने टीमले नगद १ लाख ५२ हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष बिजय हाङ्गामले बताए । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद दुई हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डीफेन्डर र सर्बाधिक गोलकर्तालाई जनही ४ हजार रुपैयाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ८ हजार रुपैयाँ प्रदान गरिनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई