News २६औँ आदर्श कपको तयारी पूरा
उमेश पुन

पोखरा । मोफसलको परिचित २६औँ आदर्श कप खुला फुटबल प्रतियोगिता माघ ९ देखि १६ गतेसम्म भण्डारढिकस्थित आदर्श रंगशालामा सञ्चालन हुने भएको छ।

आयोजक आदर्श क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा कास्की ११, नेपाल प्रहरी गण्डकी, गन्नी एफसी पर्वत, एन्फा तनहुँ, होराइजन क्लब स्याङ्जा, म्याग्दी जिल्ला खेलकुद विकास समिति, सशस्त्र प्रहरी बल मुक्तिनाथ बहिनी तथा आदर्श युथ क्लबको सहभागिता रहने जानकारी दियो ।

आदर्श क्लबका अध्यक्ष पदम गुरुङका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. ४,९९,९९९ तथा उपविजेता टोलीले नगद रु. ३,३३,३३३ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी उत्कृष्ट खेलाडीलाई नगद रु. २५,००० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले नगद रु. ५,००० प्राप्त गर्नेछ भने शैक्षिक रूपमा उत्कृष्ट खेलाडीलाई नगद रु. १५,००० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

Post Comments