News
छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
मरिण । यहाँ जारी छैठौं मरिण गाउँपालिका अध्यक्ष कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा भएको छ ।
महिला फुटबल (दोस्रो सेमिफाइनल)
आज सम्पन्न महिला फुटबलको दोस्रो सेमिफाइनल खेलमा मरिण RM–३ र मरिण RM–५ आमनेसामने भएका थिए। निर्धारित समयसम्म दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो।
पेनाल्टी सुटआउटमा मरिण RM–३ ले मरिण RM–५ लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो।
पुरुष फुटबल (चौथो क्वार्टरफाइनल)
पुरुषतर्फको चौथो क्वार्टरफाइनल खेलमा मरिण RM–७ ‘A’ र मरिण RM–६ ‘A’ बीच कडा प्रतिस्पर्धा देखिएको थियो।खेलको अन्त्यमा मरिण RM–७ ‘A’ ले मरिण RM–६ ‘A’ लाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो।
(माघ ५) भोलिका खेलहरू पुरुष फुटबल –
सेमिफाइनल 1. पहिलो सेमिफाइनल :
मरिण RM–७ ‘A’ vs मरिण RM–५ ‘A’
2. दोस्रो सेमिफाइनल :
मरिण RM–६ ‘B’ vs मरिण RM–३ ‘B’
(माघ ६) पर्सिका खेलहरू फाइनल खेलहरू
• महिला फुटबल फाइनल :
मरिण RM–३ vs मरिण RM–४
• पुरुष फुटबल फाइनल :
पहिलो सेमिफाइनलको विजेता vs दोस्रो सेमिफाइनलको विजेता
युवा तथा खेलकुद विकास समिति, मरिण गाउँपालिका, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ६ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपमा वार्ड नम्बर ६ लाई सफलता