मेरिङ्देन । साथीभाई युवा क्लब, फुङलिङ र कुम्मायक कुसायक स्र्पोटिङ क्लब, पाँचथर ताप्लेजुङ जिल्लामा जारी प्रथम लिङ्तेप गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोलीहरु बनेका छन् ।
आइतबार भएको दिनको पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलतर्फ साथीभाईले पुवाजुङ फुटबल क्लब, इलामलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनायो । साथीभाईको जितमा जमिन लक्षमले दुवै गोल गरे । टोलीको जितमा निर्णायक बनेका साथीभाईका जमिन लक्षम नै खेलको म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै दिनको दोस्रो खेल तथा अन्तिम क्वाटरफाइनलतर्फ कुम्मायक कुसायकले पि.एल.एम.वाई.सी. फुटबल क्लबलाई ५–२ को अन्तरले हरायो । कुम्मायक कुसायकको जितमा लोकेन्द्र थापाले ह्याट्रिकसहित चार गोल गरे भने थप एक गोल मरम फेवादेनले गरे । उता पराजित .िएल.एम.वाई.सी. का लागि भने बिबिक लिम्बु र मनिष क्षेत्रीले गोल फर्काएका थिए । खेलमा एक्लैले चार गोल गरेका कुम्मायक कुसायका लोकेन्द्र थापा खेलको म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत माघ १२ गते दुवै सेमिफाइनल खेलहरु हुनेछन् । पहिलो सेमिफाइनल अन्तर्गत दिनको १ बजे साथीभाई युवा क्लबले लालीमा क्लबसँग खेल्नेछ भने दिनको ३ बजे हुने दोस्रो सेमिफाइनलमा कुम्मायक कुसायले आयोजक प्रगतिशील युवा क्लब (रातो) सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रगतिशील युवा क्लब, मेरिङ्देन–४, लिङ्तेप, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०२,०८२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,०८२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १३ गतेका दिन हुनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई