News लगातार दोस्रो जितका साथ दोस्रो स्थानमा उक्लियो किरनको टोली पञ्जाब
गोलनेपाल

काठमाडौं (एजेन्सी) । हिरो आइ लिगमा व्यस्त नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले लिगमा लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार मात्र ट्राउलाई २–० ले हराएको पञ्जाबले मंगलबार भएको खेलमा इण्डियन एरोजलाई २–१ निराश तुल्यायो र लिगतालिकाको दोस्रो स्थानमा उक्लियो ।

कल्याणी स्टेडियममा सम्पन्न खेलमा पञ्जाबका लागि दुवै गोल बाबा डायवाराले ३५ र ५६औं मिनटमा गरे । उता एरोजका लागि ८७औं मिनटमा वेलिंगटन फर्नान्डेसले एक मात्र गोल फर्काएका थिए ।

यो जितसँगै ७ खेलबाट ११ अंक जोडेको पञ्जाब लिगतालिकाको दोस्रो स्थानमा छ । र शिर्ष स्थानको टोली चर्चिल ब्रदर्श भन्दा २ अंकले पछाडी छ । उता पराजित एरोज भने १ अंकका साथ पुछारमा छ ।

पञ्जाबले आफ्नो आगामी खेल १३ फेब्रुअरी शनिबारका दिन चेन्नई सिटीसँग कल्याणी स्टेडिय मै खेल्नेछ ।

Post Comments