News दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप माघ १७ देखि
गोपाल काफ्ले

पथरी । दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप फुटवल प्रतियोगिता २०८२ माघ १७ देखि २४ गते सम्म संचालन हुने भएको छ । पथरी शनिश्चरे भेट्रान्सको आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।

आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता खेल तालिका सार्वजनीक समेत गरेको छ । प्रतियोगितामा झापा मोरङ सुनसरीका आठ टिमको सहभागिता रहने पथरी भेट्रान्सका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनु भयो ।

पथरी शनिश्चरे नगरको मुख्य सहयोगमा रहेको प्रतियोगिता प्रस्तावित पथरी रंगशालामा हुने छ । प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय ११ रूपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले नगद ५५ हजार ५ सय ५५ रूपैयाँ सहित विभिन्न विधामा नगद , ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने सचिव जोन सुब्बाले जानकारी दिनुभयो।

दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको आयोजक समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । सोहि अवसरमा प्रथम पथरी शनिश्चरे भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय समेत सार्वजनिक गरिएको थियो।

Post Comments