News
अपराजित बंगलादेश साफ महिला फुटसल च्याम्पियन
काठमाडौ. । थाइल्याण्डमा सम्पन्न भएको साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि अपराजित रहँदै बंगलादेशले जितेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशले माल्दिभ्समाथि १४–२ को फराकिलो जित दर्ता गर्यो ।
त्यो जितपछि ६ खेलबाट कुल १६ अंक जोडेको बंगलादेश शिर्ष स्थानमा रहेर च्याम्पियन बन्यो । त्यस्तै आइतबार नै श्रीलंकालाई ५–२ ले हराएको भारत कुल १२ अंकसहित दोस्रो स्थानमा रहेर उपविजेता बन्यो ।
त्यस्तै आइतबार नै अन्तिम खेलमा नेपालसँग ५–३ ले पराजित हुनुका बावजुद कुल ११ अंक जोड्दै भुटान तेस्रो बन्यो । त्यसैगरी १० अंक जोडेको नेपाल चौथो स्थानमा रह्यो ।
त्यसबाहेक ७ अंक जोडेको पाकिस्तान पाँचौं स्थानमा रहँदा कुल ४ अंक जोडेको श्रीलंका छैठौं स्थानमा रह्यो । अंकविहीन माल्दिभ्स पुछारमा रहेर प्रतियोगिताको समापन गर्न बाध्य बन्यो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल