मिक्वाखोला । घरेलु टोली मिक्वाखोला गाउँपालिका, थलङ ताप्लेजुङमा जारी प्रथम शहिद कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो क्वाटरफाइनलतर्फ मिक्वाखोलाले पाथीभरा याङवरक गाउँपालिका, थेचम्बुलाई ५–१ को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
मिक्वाखोलाको जितमा बिरेन साँवा, पुर्ण फेम्सोहाङ, मनि थलङ, केवल साँवा र बिर फेमसोहाङले समान एक–एक गोल गरे । उता पराजित पाथीभरा याङवरकका लागि भने भिया लिम्बुले एक मात्र गोल फर्काएका थिए । खेलमा मिक्वाखोलाका विरेन साँवा म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ १८ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल आठराई त्रिवेणी गाउँपालिका, हाङपाङ र सिदिङ्वा गाउँपालिका, साब्लाखु बीच हुने आयोजकले जानकारी दियो ।
योङ कम्युनिस्ट लिग, नेपाल (वाइसिएल), मिक्वाखोला गाउँपालिका कमिटी, ताप्लेजुङको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्नेछ । फाइनल खेल भने यही माघ २१ गतेका दिन हुनेछ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन मिक्वाखोला गाउँपालिका, ताप्लेजुङका उपाध्यष डन्डु लामा लगायतले गरेका थिए ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई